देश साहित्य

लोकगायक पंगेनीलाई पितृशोक

काठमाडौं, माघ २०–लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो । उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उनका २ छोरा र १ छोरी छन् ।

बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पंगेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बीजीलगायत विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

Featured