देश राजनीति

तेस्रो पटक नेकपाको संगठन विभाग विस्तार

काठमाडौं, माघ २०–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को संगठन विभागको तेस्रो पटक विस्तार भएको छ । आज तेस्रो पटक संगठन विभाग विस्तार भएर १५ जनाको भएको छ । सत्तारुढ दल नेकपा बनेको २१ महिनामा यो विभाग तेस्रो पटक विस्तार भएको हो । यो विभाग प्रमुख पार्टी उपाध्यक्ष वामदेव गौतम छन् । उपप्रमुखमा जनार्दन शर्मा रहेका छन् ।

कम्युनिस्टमा सबै भन्दा शक्तिशाली विभागमा संगठन विभाग पर्छ । पार्टीको सदस्यता थप्ने , सदस्यता वितरण गर्ने,नविकरण गर्ने र यसको अध्यावधि गर्ने काम गर्छ । यसले नेकपाका सबै कार्यकर्ताको रेकर्ड राख्छ । संगठनलाई व्यवस्थित गर्छ । संगठन विस्तार गर्छ । नेकपाका संगठन विभागले सबैभन्दा महत्त्व राख्छ ।

संगठनमा जसको पकड हुन्छ त्यसैले महाधिवेशनमा नेतृत्वमा पकड जमाउँछ । त्यही भएर पनि कम्युनिस्टहरूले संगठन विभागलाई महत्त्वका साथ हेर्छन् । त्यही संगठन विभाग बल्लबल्ल संख्या थप्दै छ । विधानमा भने बढीमा ३५ जना हुने भनिएको छ । आज थपेकासहित १५ जना पुगेका छन् ।

Featured