देश

प्रमुख जिल्ला अधिकारीविरुद्ध ५ वटा मुद्दा दर्ता

काठमाडौं, माघ २०–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको लगायतका ५ वटा अभियोगसहित दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।घुस लिएको आरोपमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि मुद्धा दर्ता गरेको हो ।

अख्तियारका अनुसार उनलाई वेग्लावेग्लै ५ वटा अभियोगपत्र दायर गरिएको छ । अख्तियारले घुस, र भ्रष्टाचार अभियोगमा एउटै व्यक्तिविरुद्ध यतिधेरैवटा अभियोगपत्र दायर गरेको सम्भवत यो पहिलो घटना हो ।

Featured