देश

बुटवल मेडिकल कलेजको डीपीआर वैशाखसम्ममा तयार हुँदै

बुछवल, माघ २०–रुपन्देहीको तिलोत्तमामा निर्माण गर्ने भनिएको सरकारी मेडिकल कलेजको डीपीआर आउँदो वैशाख महिनाको अन्त्यसम्ममा तयार हुने भएको छ । तिलोत्तमा नगरपालिका– १, नयाँ मिलदेखि ५ सय मिटर पूर्व प्यारामाउन्ट टोलमा रहेको बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका अनुसार अहिले मेडिकल कलेजको ईआईएको काम भइरहेको छ ।

आयोजना निर्देशक मानबहादुर घिमिरेले ईआईएअन्तर्गत कार्यक्षेत्रगत सर्त (टीओआर) स्वीकृतिका लागि वन मन्त्रालयमा पठाइएको छ । टीओआर स्वीकृत हुनासाथ मेडिकल कलेज स्थापना हुने क्षेत्रको अवलोकनसँगै वातावरणीय मूल्यांकनको काम हुने उनले बताए । ‘टीओआर स्वीकृत भएपछि ईआईएको काम सुरु गर्छौं, कार्यालय स्थापना भएपछि कागजी काममै हामी अघि बढेका छौँ, आयोजना निर्देशक घिमिरेले भने, ‘त्यसपछि मात्र हामी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन लाग्नेछौं ।’

Featured