देश

पोखरामा ‘प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने

पोखरा, माघ २०–पोखरामा प्याराग्लाइडिङ विश्वकप प्रतियोगिता हुने भएको छ । आगामी फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ विश्व कप–एसियन टुर २०२० हुने भएको हो । नेपाल प्याराग्लाईडिङ ह्याङग्लाईडिङ संघ र प्याराग्लाईडिङ पाईलट्स क्लबको संयुक्त आयोजनामा पहिलो पटक प्याराग्लाईडिङ विश्वकप आयोजना गरिएको हो ।

पर्यटकीय नगरी पोखरामा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्याराग्लाईडिङ विश्वकपको आयोजना गरिएको नेपाल हवाई खेलकुद संस्था (ना) का निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताए । विश्वकपमा सहभागी हुने पाईलटहरुले एफएआई (फेडेरेसन एरोनोटिक इन्टरनेशनल) बाट अनुमतिपत्र प्राप्त प्यारा पाईलटले मात्रै सहभागिता जनाउने पाउने प्रतियोगिताका संयोजक समेत रहेका भट्टराईले जानकारी दिए ।

Featured