देश

जमुनाहा नाकामा ‘कोरोना हेल्थ डेस्क’

बाँके, माघ २०–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।

डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शंकास्पदको स्वास्थ्य परीक्षण गर्ने छ । यसका लागि दुईवटा इन्फारेड थर्मो्मिटर प्रयोग गरिने जनाइएको छ ।

Featured