देश साहित्य

नेपाली गजलमा ‘जुँगाको लडाइँ’

काठमाडौं, माघ २०–‘गजलको भित्री र बाहिरी स्वरूप हुन्छ। बाहिरी धेरै आएका छन् भित्री कम। भित्री रूपको झगडा गर्नुपर्छ, दिमागलाई झंकृत गर्ने हुनुपर्छ’, गजलको अवस्था कस्तो हुनुपर्छ भन्ने प्रश्नमा करुण थापा भन्दै थिए, ‘दिललाई हान्ने गजल पनि हुन्छ। एक समूह दिललाई हान्ने लेख्छन् अर्को दिमागलाई। दुवैलाई समेटेर लेखिनुपर्छ। विवाद संरचनामा हो।’

मोतीराम भट्टदेखि सुरु भएको नेपाली गजल बीचमा हराएपछि ज्ञानुवाकर पौडेलले २०३५ सालमा प्रकाशित गरेपछि पुनः लेखनले स्थान लिन थालेको थियो। गजल नेपालबाहिर बढी पढिने विधा हो। ‘गजलमा विवाद होइन, विमर्श गरौं। लयचेतनाबाट विमुख छौं’, ललिजन रावलले भने, ‘लयबिना गजल हुँदैन। युवा यसमा पछाडि छ। यो भएमात्र एक तह माथि उठ्छ।’

प्रणयरागबाट सुरु भएको नेपाली गजल पछिल्लो समय समाज र जनजीवनसँग घुलमिल हुँदैछ। सामान्य मानिससँग पनि नजिकिँदैछ। ‘फल पाकेर देखिन बाँकी छ बोट भने हुर्किरहेको छ’, आवाज शर्माले भने, ‘तर जुँगाको लडाइँ छ। कम ज्ञान हुनु पनि दुर्बल पक्ष हो। कम ज्ञान भएर हो विवाद बढेको।’ अन्नपूर्ण पोष्टबाट

Featured