देश

फिरौतीका लागि विद्यालयबाटै ६ वर्षीया बालिका अपहृत

काठमाडौं, माघ २०–सूर्यविनायक–५, भक्तपुरस्थित ग्लोरी इंग्लिस स्कुलमा अध्ययनरत ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन)लाई अपहरण गरी फिरौती रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिका अपहरणको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त ठिमीको संयुक्त टोलीले बालिकालाई सकुशल उद्धार गर्दै अपहरणकारीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सर्लाही लालबन्दी–५ घर भई भक्तपुर बोडे बस्दै आएका २० वर्षीया आशिष थापाले राउतलाई अपहरण गरी जंगलमा पुर्याएका थिए । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार अपहरणकारीले फिरौतीबापत १६ लाख रुपैयाँ ठिमीस्थित भाटभटेनीमा ल्याएर बुझाउन बालिकाका आफन्तलाई भनेको र आफन्त रकम बुझाउन जाँदै गर्दा प्रहरीले अपहरणकारीलाई पक्राउ गरेको हो । राजधानी दैनिकबाट

Featured