देश

सरकारको दुई वर्षे समीक्षा : पूर्वाधार निर्माण, आर्थिक र सुशासनमा सुधार

काठमाडौं, माघ २०–केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी ३ फागुनमा दुई वर्ष पूरा गर्दै छ । ओली नेतृत्वको सरकार गत ३ फागुन २०७४ मा गठन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत दुई वर्षको अवधिमा सरकारले असाधारण उपलब्धि हासिल गरेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि ओली नेतृत्वमा सरकार बनेपछिका झन्डै दुई वर्षको अवधिको समीक्षा गर्दै सो अवधिमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ ।

भौतिक पूर्वाधार निर्माणदेखि सुशासनको क्षेत्रमा समेत उल्लेख्य सफलता हासिल भएको प्रधानमन्त्री कार्यालयको दाबी छ । साथै सर्वसाधारणले विस्तारै विकासको अनुभूति गर्दै गइरहेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार वर्तमान सरकार बनेयता राजस्व चुहावट कसुरमा कर्मचारीसहित ४ सय ८९ जनाविरुद्ध ९४ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । राजधानी दैनिकबाट

Featured