देश

उपकुलपतिबारे चिकित्सक र कर्मचारीका दुई थरि मत

धरान, माघ २०–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ती प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीहरुमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस सुरु भएको छ। प्रतिष्ठानका प्राध्यापक, चिकित्सक र कार्यरत कर्मचारीहरु भित्रैबाट र बाहिरबाट उपकुलपति बनाउनुपर्ने भन्दै दुई ध्रुवमा बाँडिएका छन्।

एक पक्ष प्रतिष्ठान भित्र योग्य, सक्षम र राम्रा प्राध्यापकहरु भएकोले उनीहरुमध्येबाट बनाउनुपर्ने माग गरिरहेका छन् भने अर्को पक्ष भित्रकै व्यक्ति उपकुलपति हुँदा विगतको दुई उपकुलपतिको कार्यकालमा जस्तो गुटबन्दी र खिचातानी मौलाउने भएकोले बाहिरबाटै योग्य व्यक्ति ल्याउनुपर्ने धारणा राख्छन्। उपकुलपति कस्तो आउला रु भनेर कर्मचारीहरुको छलफल र बैठक पनि बाक्लिाएको छ।

उपकुलपतिको लागि प्रतिष्ठानभित्रका झण्डै एक दर्जन प्राध्यापकहरुले पनि मन्त्रालयमा आवेदन दिएका छन्। मन्त्रालयले आवेदकहरुमध्ये १६ जनाको सुची तयार गरेको बताइए पनि नाम सार्वजनिक भएको छैन। तर, यता प्रतिष्ठानमा भने प्रतिष्ठानमा भने भित्रकै प्राध्यापक कि बाहिरको व्यक्ति नेतृत्वमा आउनु ठिक भन्ने वहस भइरहेको छ। प्रतिष्ठानभित्रैबाट उपकुलपति बनाउनपर्छ भन्नेहरु खुलेरै लागेका छन्। नागरिक दैनिकबाट

Featured