देश

पोषण र स्वास्थ्य सुधारका लागि ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’

धादिङ, माघ २०–खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपुर्याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन्। मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिई कार्यक्रम सञ्चालन गरिएको हो।

हालसम्म बेनिघाट रोराङ गाउँपालिकातर्फ वडा नम्बर ८ को माङमुङ, बुङपुङ, मिजारगाउँ, यारवाङ, साचक, राक्सिराङ, दुङवाङ र गजुरी गाउँपालिकातर्फ वडा नं. ४ को चिउरीखर्क, नेवारबास, गैह्रीगाउँ, धर्मेचौर र वडा नं. ६ को राम्चेमा गरी १२ स्थानमा कार्यक्रम सञ्चालन गरिएको छ। नागरिक दैनिकबाट

Featured