देश राजनीति

परराष्ट्रमन्त्रीले चीनसँग संविधानविपरीत सम्झौता गरेको आरोप

काठमाडौँ, माघ १९–राष्ट्रियसभाका सांसद वृशेषचन्द्र लालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत १७ असोज २०७६ को निर्णयअनुसार २६ असोजमा गणतन्त्र जनवादी चीनसँग गरेको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता संविधाननविपरीत भएको बताएका छन् । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रियसभाका सांसद लालले सदनको आइतबारको बैठकमा विशेष समयमा बोल्दै नेपालको सिमानासम्बन्धी कुनै पनि सन्धि सम्झौता संसद्बाट अनुमोदन नगरी हस्ताक्षर गरेको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीको आलोचना गरेका छन् ।

परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्रीको हस्ताक्षरसहित पिजन होलमा जानकारीका लागि भन्दै नेपाल र जनवादी गणतन्त्र चीन सरकारबीच सम्पन्न भएको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता राखेको छ । नेपालको संविधानको धारा २७९ मा कुनै सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन सम्बन्धी व्यवस्था सोही धाराको उपधारा १ को क, ख, ग र घ बमोजिम त्यस्तो सम्झौता वा सन्धि संघीय संसदको कायम रहेको सम्पूर्ण सदस्यता संख्याको दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने व्यवस्था गरेको भन्दै सदनको ध्यानाकर्षण गराएका थिए ।

Featured