देश

टुंगो लागे नेविसंघका पदाधिकारी

काठमाडौं, माघ १९–नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको पदाधिकारी टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार नेविसंघले पदाधिकारी चयन गरेको बताइएको छ । नेविसंघका अध्यक्ष र महामन्त्री यसअघि नै तोकिएको थियो भने थप पदाधिकारी आज चयन गरिएको हो ।

थप भएका पदाधिकारीहरूमा तुलसा पन्त (झापा) उपसभापति, मुक्तिराज पौडेल (रुपन्देही) उपसभापति, दीपक भट्टराई (तनहुँ) महामन्त्री, उर्मिला थपलिया (धादिङ) महामन्त्री, प्रभातकुमार दाहाल (मकवानपुर) महामन्त्री, बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) महामन्त्री र युवराज पाण्डे (स्याङ्जा) महामन्त्री रहेका छन् ।

Featured