देश राजनीति

सरकार सञ्चालनका लागि दलिय संरचना बनाउले. नेकपाको निर्णय

काठमाडौं, माघ १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकार संचालन गर्न दलीय संरचना बनाउने निर्णय गरेको छ । जारी केन्द्रीय समिति बैठकले केन्द्रदेखि स्थानीय तहसम्मका सरकार संचालन गर्न पार्टीको बेग्लै संरचना बनाउने निर्णय गरेको हो । सरकारहरु स्वेच्छाचारी भएको प्रश्न उठेपछि बैठकले तीनवटै तहमा बेग्लावेग्लै समिति बनाउने भएको हो ।

यस्तो राजनीतिक संयन्त्रले केन्द्र, प्रदेश र स्थानीय सरकारका कामकारवाहीलाई नियन्त्रण र दिशानिर्देश गर्ने नेकपाले जनाएको छ । नेकपाले नेपालका अतिक्रमित भूमिसमेत समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । भारतले नेपाली भूमि लिम्पियाधुरालाई आफ्नो दावी गर्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेकपाले सो भूभाग समेत समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

Featured