देश राजनीति

अबका बैठकमा नेकपाले दुई अध्यक्षको फोटो नराख्ने

काठमाडौँ, माघ १९–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबका बैठकमा दुई अध्यक्षको फोटो नराख्ने भएको छ । काठमाडौँको राष्ट्रियसभामा जारी केन्द्रीय समिति बैठकले आगामी दिनमा अध्यक्षको फोटो ब्यानरमा नराख्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पत्रकारहरूलाई जानकारी दिए ।

केन्द्रीय समिति बैठकका लागि तयार गरिएको ब्यानरमा नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र नेकपाका तत्कालीन महासचिव मदन भण्डारीको तस्वीरसँगै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको तस्वीर राखिएको थियो । स्व. नेताद्वय श्रेष्ठ र भण्डारीको फोटोसँगै ज्यूँदा नेताको तस्वीर ब्यानरमा राखिएपछि चौतर्फी आलोचना भएको थियो ।

Featured