देश

नेपाली विद्यार्थीलाई चिनबाट चाँडै उद्धार गर्न सरकारले दियो निर्देशन

काठमाडौँ, माघ १९–सरकारले चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरूको शीघ्रातिशीघ्र उद्धार तथा व्यवस्थापन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओली, सरोकारवाला मन्त्रालयका मन्त्रीहरू, मुख्य सचिव तथा उपसचिवहरूको उपस्थितिमा आज बसेको बैठकले त्यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा चीनमा रहेका नेपाली विद्यार्थीहरूको स्वास्थ्य र तिनका अभिभावकहरूको चिन्ता र चासोलाई सम्बोधन गर्न एवं विद्यार्थीहरूको स्वास्थ्य अवस्थाका बारेमा नियमित रूपमा जानकारी लिन बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको बताइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको शीघ्रातिशीघ्र उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायहरूलाई थप आवश्यक गृह कार्य गर्न पनि निर्देशन दिएको छ ।

Featured