देश

चीनलाई नेपालले पठायो १२ हजार थान मास्क

काठमाडौं, माघ १९–चीनमा फैलिएको नोवल कोरोना भाइरसबाट बच्न नेपालले १२ हजार थान मास्क सहयोग गरेको छ । चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण थुप्रैले ज्यान गुमाएपछि चीनमा सुरक्षाका लागि मास्कको माग बढ्दो छ ।

नेपालसँग सीमा जोडिएको चिनियाँ प्रान्त तिब्बतमा भाइरस फैलिएमा नेपालमा समेत फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाल–चाइना चेम्बर अफ कमर्स नेपालको तर्फबाट १२ हजार थान मास्क प्रदान गरेको सो संस्थाका महासचिव विवेक पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सो मास्क चाइना–तिब्बत चेम्बर अफ वार्डर ट्रेडलाई हस्तान्तरण गरिएको उनको भनाइ छ ।

Featured