देश राजनीति

नेकपा नेताका सम्पत्ति छानविन हुने

काठमाडौं, माघ १९–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरूको सम्पत्ति छानविन हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले सम्पत्ति छानविन गर्न र सम्पत्तिको हदवन्दी तोक्न माग गरेपछि पार्टीले यो मागमा सम्बोधन गरेको हो ।

नेकपाले नेताका सम्पत्ति छानविन गर्ने र सम्पत्तिको हदबन्दी तोक्ने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेस गरेको राजनीतक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । जारी बैठकमा केन्द्रीय सदस्यबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गर्ने निर्णय भएको हो ।

Featured