विदेश

उत्तरी अफगानिस्तानमा भिडन्त, ७ जनाको मृत्यु

एजेन्सी, माघ १९–अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरीसहित ७ जनाको मृत्यु भएको छ । जिल्लाका गभर्नर अमानुद्दिन कुरैसीले मारिएका व्यक्तिमध्ये चार जना विद्रोही लडाकूहरू रहेको जानकारी दिए । उनले आइतबार स्थानीय समयअनुसार बिहान ३ बजे तालिवान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताए ।

भिडन्तका क्रममा ३ जना प्रहरीको मृत्यु भएको र अन्य ४ जना सख्त घाइते भएको गभर्नर कुरैसीले बताए । तालिवान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

Featured