काठमाडौँ, माघ १९–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समितिका अधिकांश सदस्यले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि प्रश्न उठाएपछि सुझाव संकलनका लागि कार्यदल बनेको छ । कार्यदललाई १० दिनको समय दिएर सुझाव संकलन गर्ने म्याण्डेट दिइएको छ । केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नमा जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीबारे पार्टी र सरोकारवाला निकायको सुझाव संकलनका लागि कार्यदल बनाउने घोषणा गरे ।
वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् । समूहगत छलफल र छलफलको प्रस्तुतिपछि आज अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा अध्यक्ष दाहालले बैठकमा जवाफ दिइरहेका छन् । प्रचण्डले पेस गरेको राजनीतिक र महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक प्रतिवेदन पारित गर्ने बैठकको कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस