देश

सुदूरपश्चिमका आधुनिक सडक आयोजना अन्योलमा

धनगढी, माघ १९–क्षेत्रीय शहरी विकास आयोजनाले ठेक्का प्रक्रिया टुंग्याउन नसक्दा सुदूरपश्चिम प्रदेशका आधुनिक सडक निर्माण आयोजनाहरू अन्योलमा परेका छन् । गत असारमै संघीय आयोजना कार्यान्वयन इकाईले सडक विस्तार कार्यक्रमको प्राविधिक टेन्डरको मूल्यांकन गरी स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइसकेको छ ।

तर ६ महिनासम्म प्राविधिक मूल्यांकन स्वीकृत भएर आउन नसक्दा ठेक्का प्रक्रियाको आर्थिक मूल्यांकनलगायत सडक निर्माणमा समेत ढिलाइ भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राखेपछि सडक योजनाहरू थप अन्योलमा परेका छन् । क्षेत्रीय शहरी विकास कार्यक्रमअन्तर्गत विस्तार गरिने सडकहरूमा निर्माण कार्य सुरु हुन नसक्दा धनगढी चौराहादेखि कैलाली पुलसम्मको सडक, क्याम्पस रोड सडक, डिभोटी चोक पिपल चौतारा सडक र मालपोत रोडमा जताततै खाल्डाखुल्डी परेका छन् ।

Featured