देश

बखुण्डोलस्थित कवाडी गोदाममा आगलागी

काठमाडौं, माघ १९–ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावासनजिकको कवाडी गोदाममा आगलागी भएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

उनका अनुसार आगो निभाउन काठमाडौँ र लतिलपुर महानगरपालिकाका दमकल पुगेका छन् । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने एसएसपी राईले बताए ।

Featured