विदेश

कोरोना संक्रमणबाट पहिलो पटक चीनबाहिर १ जनाको मृत्यु

एजेन्सी, माघ १९–विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरेको नोवेल कोरोना भाइरसका कारण पहिलोटक चीनबाहिर पनि एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट फिलिपन्सका एक ४४ वर्षीय नागरिकको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको परिचय भने खुलाइएको छैन ।

विश्व स्वास्थ्य संगठनका फिलिपिन्स प्रतिनिधि रवीन्द्र अबेयासिंघेका अनुसार चीनबाहेक अन्य देशमा कोरोना भाइरसबाट ज्यान गएको यो पहिलो घटना हो। भाइरसका कारण चीनमा अहिलेसम्म कम्तिमा ३०४ जनाले ज्यान गुमाइसकेका छन्। यसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। चीनमा भाइरसविरुद्धको भ्याक्सिन खोज्ने काम तीव्र पारिएको छ । यस्तै, कोरोना भाइरसको संक्रमण नियन्त्रणबाहिर गएपछि अमेरिकाले आइतबारदेखि लागू हुनेगरी १४ दिनसम्म चीनबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ । एजेन्सी

Featured