देश

छेकानको नाममा वन फडानी

डडेलधुरा, माघ १९–डडेलधुरा जिल्ला सदरमुकाममा रहेको ऋषिखोला सामुदायिक वनमा उपभोक्ताहरुको लापरबाहीपछि वनको छेकानी बन्द गरिएको छ । सामुदायिक वन समितिले तोकेको नियम विपरीत उपभोक्ताहरुले छेकानीका नाममा वन फडानी गर्ने गरि कटानी गरेको पाएकोले वनको छेकानी तत्कालका लागि बन्द गरिएको सामुदायिक वनका अध्यक्ष सरिता थापाले बताइन् ।

‘प्रतिदिन तीन घन्टाका दरले दुईदिन एकाघरका दुई जनाले दाउरा काट्ने व्यवस्था मिलाएका थियौैं,’ उनले भनिन् । पाँचवर्ष पछि सामुदायिक वनको छेकानीका लागि स्थानीय उपभोक्ताहरूलाई नै परिचालन गर्नेगरि सामुदायिक वन समितिले निर्णय गरेको होे । सामुदायिक वन क्षेत्रमा घनारुपमा रहेका रुख तथा हाँगाहरू छेकानी गर्नुका साथै उपभोक्ताहरुलाई दाउराका लागिसमेत सहजता गर्ने उद्देश्यले छेकानी खुला गरेको उपभोक्ता समितिका सचिव प्रेम नेपालीले जानकारी दिएका छन् ।

Featured