देश

आत्मनिर्भर भए महिला हिंसा अन्त्य

सुर्खेत, माघ १८–आर्थिक रुपमा आत्मनिर्भर भए महिला हिंसा अन्त्य हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार वीरेन्द्रनगर– १० वडा कार्यालयले आयोजना गरेको लैंगिक विभेद तथा महिला हिंसा न्युनीकरण सम्बन्धि १ दिने सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी शान्ति पोख्रेलले महिला हिंसा अन्त्यका लागि आर्थिक रुपमा समृद्ध हुनुपर्ने बताइन् । ‘समाजमा हिंसाका थुप्रै रुपहरु देखेकी छु,’ उनले भनिन्, ‘हिंसा हुनुको कारण आर्थिक अपनत्व नहुनु हो ।’ पुख्र्यौली सम्पत्तिमा महिलाहरुको पहुँच नहुनु नै हिंसाको कारण बन्ने उनको धारणा थियो ।

पोख्रेलले स्थानीय तहले महिलाहरुलाई हिंसा न्युनीकरणसम्बन्धी तालिमको साथसाथै सीपमुलक तालिमहरुको आयोजना गर्नुपर्ने बताइन् । मिना मल्लले महिलाहरु अर्थतन्त्रसँग जोडिनुपर्ने बताइन् । उनले समाजले महिलालाई दोस्रो दर्जाको रुपमा हेर्नुको कारण सम्पत्तिको स्वामित्व भएको भन्दै यसमा स्थानीय तहले सोच्नुपर्ने बताइन् ।

Featured