देश

कोरोना भाइरसप्रति भरतपुरमा उच्च सतर्कता

चितवन, माघ १८–चीन बुहान राज्यसहित विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चितवनको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । भरतपुर अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष बनाएको छ । अस्पतालमा कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारको लागि पाँच शैयाको छुट्टै कक्ष बनाइएको हो ।

शकांस्पद बिरामीलाई परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरिएकोे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । अस्पतालले विशेषज्ञ चिकित्सक डा प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिएको पौडेलले बताए । कुनै बिरामीमा कोरोना भाइरसको संक्रमणको आशंका लागेमा बिरामीको नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ ।

Featured