खेलकुद देश

खप्तड गोल्डकपका विजेतालाई २१ लाख पुरस्कार

धनगढी, माघ १८–चौथो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप आगामी ९ फागुनबाट सुरु हुने भएको छ । २० फागुनसम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिता विजेता टिमले नगद २१ लाख र उपविजेताले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष सुरेश हमालले बताए ।

प्रतियोगिताले सुदूरपश्चिम प्रदेशलाई फुटबलबाट चिनाउन तथा नयाँ खेलाडी उत्पादन गर्न टेवा पुर्याउने उनले बताए । साथै प्रतियोगिताबाट भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग पुग्ने विश्वास हुने व्यक्त गरे । प्रतियोगितामा ६ ए श्रेणीका कल्व, मोफसलका ३, विदेशी २ र आयोजक गरी १२ टिमको सहभागिता रहने छ । प्रतियोगिता धनगढीस्थित क्षेत्रीय रंगशालामा हुनेछ । प्रतियोगिता आयोजना गर्नका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

Featured