देश राजनीति

नेकपा केन्द्रीय कमिटी बैठक :समूह नेताले प्रतिवेदन पेश गर्ने क्रम जारी

g]kfn sDo'lgi6 kf6L{ g]skf s]G›Lo sldl6sf] bf];|f] k""0f{ a}7ssf] lalxaf/ ;d""xut 5nkmndf pkl:yt g]tfx? . sf7df8f}Fsf] /fli6«o;efu[xdf a'waf/b]lv a}7s hf/L 5 . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं, माघ १८–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् । राष्ट्रिय सभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन् ।

आज समूह- ३ का नेता खिमलाल भट्टराई, समूह- ४ का नेता जगन्नाथ खतिवडा, समूह- ५ का नेता ठाकुर गैरे, समूह- ७ का नेता पूर्णाकुमारी सुवेदी, समूह- १२ का नेता रेणु दाहालले समूहगत छलफल गरेर प्रतिवेदन पेश गरिसकेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको कडा आलोचना गरेका छन् ।

यसैगरी आज नै समूह-१ बाट आनन्द पोखरेल, समूह- ८ का नेता बिन्दा पाण्डे, समूह- १० का नेता महेश बस्नेत, समूह- ११ का नेता राजेन्द्र राई, समूह- १४ का सुरेन्द्रकुमार कार्की र समूह- १५ का नेता हिमाल शर्माले पनि प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । विभिन्न १५ समूहमा विभाजित केन्द्रीय सदस्यले बिहीबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गरेर शुक्रबारदेखि बैठकमा आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् ।

शुक्रबार समूह- २ बाट कमला रोका, समूह- ६ बाट दीनानाथ शर्मा, समूह- १३ का नेता लेखनाथ न्यौपाने र समूह- ९ का नेता भगवती चौधरीले आ-आफ्नो समूहको प्रतिवेदन पेश गरेका थिए । समूह नेताको प्रस्तुति सकिएपछि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका रहेको छ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक यही माघ १५ गतेदेखि सुरु भएको हो । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।

Featured