देश

जीवविज्ञानबाट गणित हटाएपछि शिक्षक आन्दोलित

काठमाडौं, माघ १८–कक्षा ११ र १२ को जीवविज्ञान समूहमा गणित विषय नरहनेगरी पाठ्यक्रम परिवर्तन भएपछि सम्बन्धित विषयका शिक्षकले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्। पाठ्यक्रम विकास केन्द्र सानोठिमीले नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन हुनेगरी तयार पारेको राष्ट्रिय पाठ्यक्रम जीवविज्ञान समूहका विद्यार्थीले गणित विषय अध्ययन गर्नुनपर्ने गरी तयार पारिएको छ। प्रारुप सरकारले स्वीकृत गरिसकेको छ।

शिक्षामन्त्रीस्तरीय बैठकबाट भदौ २० गते पारित गरिएको प्रारुपमा कक्षा ११ बाटै जीवविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई गणित विषय अनिवार्य छैन। पुरानो पाठ्यक्रमअनुसार जीवविज्ञानका विद्यार्थीले कक्षा ११ मा गणित विषय अनिवार्य अध्ययन गर्नुपथ्र्यो । नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, उमन अफ नेपाल इन म्याथेमेटिक्स साइन्स तथा स्कुल स्ट्रक्चर संघले संयुक्त विज्ञप्ति प्रकाशन गरी सरकारले जीवविज्ञान समूहबाट गणित विषय हटाए स्कुलकलेज ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। नागरिक दैनिकबाट

Featured