विदेश

स्पेनमा पनि कोरोना भाइरस भेटिएको पुष्टि

काठमाडौं, माघ १८–विश्वभरी नै संकलकाल घोषणा गरिएको नोवेल कोरोना भाइरस स्पेनमा पनि भेटिएको छ । शनिबार स्पेनको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ । स्पेनको आइसल्यान्ड गोमोरामा एक जर्मन नागरिकमाथि कोरोना भाइरसको संक्रमण भेटिएको हो । कोरोनाबाट संक्रमित ती जर्मन नागरिकलाई स्पेनको अस्पतालले उच्च निगरानीमा राखेको छ ।

शनिबार बिहानसम्मको खबर अनुसार चीनमा ११ हजार ७ सय ९१ जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । २५९ जनाको मृत्यु भइसकेको छ । २४३ जना अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको सिन्हवाले जनाएको छ ।

Featured