देश

यात्रुबाहक बस दुर्घटना हुँदा ३५ जना घाइते

धनगढी, माघ १८–कैलालीको गोदावरीमा सवारी दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । गोदावरी नगरपालिका(४ स्थित खौराना पुल नजिकै रोकेर राखिएको ना३ख १४२४ नम्बरको ट्रकसँग दाङबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना७ख ५६३७ नम्बरको बस ठोक्किँदा बसमा सवार ३५ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको उपचार अत्तरियास्थित पदमा अस्पतालमा भइरहेको छ । दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

Featured