देश

बजारबीचको क्रसरले उठीबास लगाउँदै

बर्दिया, माघ १८–कोठियाघाट–नेपालगञ्ज सडकखण्डको मधुवन नगरपालिका–९ स्थित १२ नम्बर चोक–बजार क्षेत्र पछिल्लो समय खुम्चिदै गएको छ। सोही चोक बजार क्षेत्र र हुलाकी पक्की सडकदेखि करिब ३० मिटर पूर्व गुलरिया नगरपालिकाका अब्दुल सलामको नाममा रहेको नुरी क्रसर उद्योग रातदिन बेरोकटोक चलिरहेको हुन्छ।

२०५६ सालमा सानो क्षेत्रफलमा स्थापना भएको सो क्रसर उद्योगको विस्तारसँगै त्यहाँ जडित आधुनिक उपकरणले दिनदिनै निकाल्ने धुलोका कारण १२ नम्बर बजार दिनभरि कुहिरीमण्डल हुन्छ। मापदण्डविपरीत बीचबीचमा नवीकरण भइरहेको उद्योगलाई पुनः घरेलु तथा साना उद्योग कार्यालयले २०७७ असारसम्म नवीकरण गरिदिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, बर्दियाले मधुवन नगरपालिका–९ स्थित १२ नम्बर बजारमै रहेको मापदण्ड मिचेर चलेको नुरी क्रसर उद्योगले ढुंगा–रोडा निरन्तर बेरोकटोक प्रशोधन तथा बिक्री–वितरण गरिरहेको छ। उद्योग बिस्तार गर्दै जाँदा क्रसर मेसिन चलेका बेला उद्योगले निकालेको धुलोले बजारका बस्ती कुहिरीमण्डल भएपछि स्थानीय विरोधमा उत्रिए। नागरिक दैनिकबाट

Featured