देश

टिपरको ठक्करबाट महिलाको मृत्यु

पोखरा, माघ १७–तनहुँ टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ ब्यास नगरपालिका– ४, बाध भन्ज्याङमा टिपरले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्युु भएको हो ।

तनहुँको कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ८६७८ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना३९प ५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार चितवनको भरतपुर महानगरपालिका– ६, निवासी ४६ वर्षीया अनिता पाठकको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

तनहुँ प्रहरीका प्रहरी प्रमुख विनोद सिलवालका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपरलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

Featured