देश

कास्कीको धम्पुसमा एक जना मृत फेला

पोखरा, माघ १७–कास्कीको धम्पुसमा एक व्यक्ति मृत भेटिएका छन् । माछापुच्छ्रे गाउँपालिका–७, धम्पुस फेदीमा बस्दै आएका ३८ वर्षीय प्रजापति भण्डारी शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

धम्पुसबाट फेदी जाने बाटोबाट २ सय मिटर तल भीरमा भण्डारी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान अगाडि वढाइएको डीएसपी केसीले बताए ।

Featured