देश

धनगढीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

धनगढी, माघ १७–प्रहरीले धनगढीबाट ३ सय ६० मिलिग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । गत ५ माघमा प्रहरीले धनगढी– ४ बाट सोही वडाकै विराट रावल र अछामको मंगलसैन नगरपालिका– १, जुपु बस्ने राजेन्द्र रावललाई ३ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

उक्त परिमाणको लागुऔषध बिक्री गर्ने व्यक्तिको खोजीमा लागेको प्रहरीले बिहीबार धनगढी महानगरपालिका– ७, देवरिया बस्ने रोण्डा भन्ने फुलचन रानालाई पक्राउ र्गयो । अन्ततः उनले नै ३ सय ६० मिलिग्राम ब्राउन सुगर बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रानालाई यसअघि समेत ३ वटा मुद्दामा लागुऔषध ब्राउन सुगर बिक्रीवितरण गरी फरार रहेकाले प्रहरीले खोजी थालेको थियो ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध ब्राउन सुगरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

Featured