देश साहित्य

गोकर्णेश्वरमा कविता महोत्सव हुँदै

काठमाडौँ, माघ १७–गोकर्णेश्वर नगरपालिकाले आगामी १६ फागुनदेखि देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको आयोजना गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिकालाई साहित्यको केन्द्र बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताए ।

महोत्सवलाई सफल बनाउन प्रमुख चालिसेको संरक्षकत्व एवम् वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिमातहत विभिन्न उपसमिति गठन गरिएको संयोजक घिमिरेले जानकारी दिए । देशको संविधान र कानुनविरुद्ध नहुने शीर्षकमा आधारित बढीमा २ सय शब्दसहितको कविता प्रतियोगिताका लागि योग्य मानिने घिमिरेले बताए ।

Featured