देश

नेपाल बिद्युत प्राधिकरणको पुल्चोक वितरण केन्द्रबाट वितरित बिजुली अवरुद्ध हुने

काठमाडौं, माघ १७–नेपाल बिद्युत प्राधिकरणले भोलि (शनिवार) पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरवाट वितरित बिजुली अवरुद्ध हुने जानकारी गराएको छ । प्राधिकरणका अनुसार यो फिडरबाट वितरित बिजुली बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म अवरुद्ध हुनेछ ।

‘पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरित ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने कार्य तथा जम्परहरु मर्मत गरी फिडर सुधार गर्नुपर्ने भएकोले १८ गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुनेछ,’ प्राधिकरणले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । यो मर्मतका कारण वल्खु, सानेपा साँचल, सानेपा चोक , प्रधानसेनापति निवास, झम्सीखेल चोक, सिजी कार्यालय एरिया लगायतका क्षेत्रमा दिनभर बिजुली हुने छैन ।

Featured