देश

३ वटा मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

बुटवल, माघ १७–रुपन्देहीको सैनामैना रामापुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते १ जनाको अवस्था गम्भीर छ । लु४२प ७०९६ नम्बरको मोटरसाइकल, लु३५प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटी एकआपसमा ठोकिदा २ जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।

Featured