देश

नेकपाका ३ समूहको निष्कर्षः एमसीसी पारित नगरौँ

काठमाडौं, माघ १७–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलका लागि गठन भएका १५ मध्ये ४ वटा समूहले समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गरेका छन् । आज ४ वटा समूहले समूहगत छलफलको निष्कर्ष राखेकोमा ३ वटा समूह एमसीसीको विपक्षमा देखिएका छन् । समूह २ की टोलीनेता कमला रोकाले एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने धारणा राखे पनि अन्य तीन समूह भने विपक्षमा देखिएका छन् ।

विपक्षमा देखिने समूह नेताहरू सबै तत्कालीन नेकपा माओवादी केन्द्रका छन् । कमला रोकाको समूहले एमसीसीलाई परिमार्जनसहित संसदवाट पारित गर्नुपर्ने निष्कर्ष बैठकमा पेस गरेको छ । समूहगत छलफलको निष्कर्ष बैठकमा राख्दै उनीहरूले केन्द्रीय सदस्यले राखेका धारणालाई जस्ताको त्यस्तै पेस गरेका हुन् ।

Featured