देश

प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजान्छौँ :मन्त्री अर्याल

काठमाडौँ, माघ १७–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजाने बताएकी छन् । शहीद स्मारक जनस्वास्थ्य क्याम्पस सिफलको ११औँ वार्षिकोत्सवमा उनले नेपाली माटोमा सुन फलाउन सकिने भन्दै दक्ष जनशक्तिविना मुलुकको कायापलट सम्भव नरहेको जिकिर गरिन् ।

उनले नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्यांक सार्वजनिक भएको जानकारीसमेत दिइन् । मन्त्री अर्यालले तालिम प्राप्त व्यक्तिले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा आयस्तरमा वृद्धि गरी सहज जीवनयापन बिताइरहेको बताइन् । प्राविधिक शिक्षा बोली खानेभन्दा पनि गरिखाने शिक्षाका रूपमा परिचित भएको भन्दै उनले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताइन् ।

Featured