देश

दाहाल दुबई प्रस्थान, ओली शनिबार सिंगापुर जाने

काठमाडौं, साउन १४- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्।

‘उहाँको भ्रमण भने निजी रहेको छ। परिवार सदस्यसहित उहाँ दुबई जानुभएको हो। ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालले त्यहाँ रहँदा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने समेत कुराकानी भएको छ।

यस्तै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ्य परीक्षणका लागि आउँदाे शनिबार सिंगापुर जाने कार्यक्रम तय भएकाे छ। यसको कारण अहिले पार्टी सचिवालय बैठक पनि दुई हप्ताका लागि पछि सारिएको छ।

Featured