देश

प्रदेश २ का सबै छोरीलाई ३ लाखको शिक्षा बीमा

जनकपुर, माघ १७–प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको छोरी शिक्षा बीमाको रकम ३ लाख पुर्याएको छ । १ माघ, २०७५ पछि जन्मिएका छोरीको १ लाखको शिक्षा बीमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई तीन लाख पुर्याएको छ ।

सरकारको निर्णय सार्वजनिक गर्न जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले १माघ, २०७५ पछि प्रदेशमा जन्मिएका छोरीहरुले अव ३ लाख पाउने घोषणा गरे । प्रदेशमा जन्मिने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन,’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भने ।

स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, ‘अहिलेलाई तीन लाख पुर्याएका छांै, स्थानीय सरकारले सहयोग गरे भने यो रकमलाई २० वर्षमा २० लाख पुर्याउने लक्ष्य लिएका छौ ।’

Featured