देश

ट्रक र ट्रयाक्टर ठोक्किँदा एकको मृत्यु

सुर्खेत, माघ १७–वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोकनजिकै ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्वरको ट्रयाक्टरलाई पछाडिबाट आइरहेको लु१ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा ट्रयाक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार जाजरकोटको जुनिचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्रयाक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो। ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका छन् । चार दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिपरको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाउनुपरेको थियो ।

Featured