देश

यूएन सम्मेलनको झल्को दिने ‘यूजीसीआई मुन’

काठमाडौं, माघ १७–सभाहलमा विभिन्न राष्ट्रका प्रतिनिधि । समूह–समूहमा टोली विभाजन । प्रतिनिधिहरूले आ–आफ्ना देशको प्रतिनिधित्व गर्दै संवेदनशील विषयमा आफ्नो धारणा राख्दै छन् । कोही इन्डिया बनेर, कोही पाकिस्तान बनेर बोले र बोलिरहेका छन् । इन्डिया बनेर बोलिरहेको छ भने पाकिस्तानको पक्षमा बोल्न पाउँदैन ।

विश्वको समस्या, चुनौती र समाधानका विषयमा प्रतिनिधिहरू आफ्नो धारणा राख्दा चित्त बुझ्यो भने अन्य प्रतिनिधिहरूले टेबुल ठोकेर सहमत जनाउँछन् । झट्ट हेर्दा संयुक्त राष्ट्र संघ (यूएन)को बैठकझैं देखिने । यो दृश्य हो, काठमाडौंको कमलादीमा रहेको युनिग्लोब कलेजको सभाहलमा चलिरहेको यूजीसीआई २०२० को । जहाँ विद्यार्थीहरू विश्वका समस्याबारे छलफल गरिरहेका छन् ।

Featured