देश

नेकपा बैठकमा एमसीसीबारे तीनथरी मत

काठमाडौं, माघ १७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर ३ धार देखा परेका छन् । बैठकमा वोल्ने सदस्यहरुले एमसीसीवारे गुटगत रुपमा धारणा राखेका छन् । बैठकमा सवैभन्दा चर्को रुपमा उठेको यो बिषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरुले बेग्लाबेग्लै मत दर्ज गरेका छन् ।

अध्यक्ष ओली निकटका नेताहरुले एमसीसी परियोजनालाई जसरी पनि संसदवाट पारित गरेर लैजानुपर्ने धारणा राखेका छन् । उनीहरुले यो परियोजना इण्डो प्यासिफिक रणनीति अन्र्तगत नभएको भन्दै संसदवाट पारित गरेर जान पार्टीको जारी बैठकवाट निर्णय गराउनुपर्ने मत राखेका छन् । समूहगत छलफलमा एमसीसी पारित गरेर जानुपर्ने धारणा राखेको नेता महेश बस्नेत र रामकुमारी झाँक्रीले बताए ।

Featured