देश

८ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं, माघ १७–प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन’ पेस गरेका छन् ।

यस्तै, उनले सभामा ‘लोकसेवा आयोगको ६०औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेश आयोग र मुस्लिम आयोगको आव २०७५/ ०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेस गरे ।

Featured