देश

यौन शोषणको आरोप लागेका एसएसपी राणा निलम्बनमा

काठमाडौं, माघ १७–यौन दुर्व्यवहारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन् । गृह मन्त्रालयलको सचिवस्तरी बैठकले उनला बिहीबार निलम्बन गर्ने निर्णय गरेको हो । संघीय प्रहरी एकाइ धरानमा कार्यरत राणाविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाउँदै केही दिनअघि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीमाथिको छानविनका क्रममा एसएसपी राणालाई निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । बहालमा राखेरै अनुसन्धान गर्दा प्रमाण नष्ट गर्न सक्ने भएपछि उनलाई निलम्बनमा राखिएको बताइएको छ । संघीय प्रहरी इकाई धरानका प्रमुखको रूपमा राणा कार्यरत थिए ।

Featured