देश

राप्रपाको निष्कर्षः नेकपा नेतृत्वको सरकार पूर्ण असफल

काठमाडौं, माघ १७–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको बताएको छ । देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने आशा गरिए पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ। पूर्वाधार विकासका क्षेत्रमा केही कामहरू भए पनि लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनीकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको थापाले बताए । थापाले राजसंस्था पाखा लगाएर सुरू गरिएको १४ वर्षको राजनीतिक अभ्यासले देश झन् संकटग्रस्त भएको बताए ।

व्यापारी, कर्मचारी, राजनीतिक नेताहरूले गठबन्धन नै बनाएर देशमा भ्रष्टाचारको सञ्जाल बनेको उनले बताए । तलदेखि माथिसम्म हुने सेटिङको दबाब र प्रभावले आर्थिक स्वार्थ पूरा गर्न कानुनी बाधा भए कानुन नै परिवर्तन गर्ने र भ्रष्टाचारको कारबाही छल्न नीतिगत निर्णयको बहानामा सार्वजनिक खरिद बिक्रीको विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर लुट प्रवृत्ति हावी भएको उनले बताए ।

राप्रपाले देशमा इशाईकरण डरलाग्दो रूपमा बढेको बताएको छ । अपरिपक्व, दिशाहीन र गलत आर्थिक नीतिका कारण देशमा स्वदेशी र विदेशी लगानी भित्रिन नसकेको, सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण गरी सर्वसत्तावादको संकेत देखिएको थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

Featured