देश

बोलिभियन नागरिक कोकिनसहित पक्राउ

काठमाडौं, माघ १६–अवैध लागूऔषध कोकिन २ किलो २ सय ग्रामसहित बोलिभियन नागरिक सोलानो चाभेज मिगुएल पक्राउ परेका छन् । २७ वर्षीय मिगुएललाई प्रहरीले गत माघ ८ गते पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लामो समयदेखिको सूचना संकलन, विश्लेषण एवं निगरानीपश्चात मिगुएललाई काठमाडौं महानगरपालिका( ९, ज्याठा ठमेलस्थित होटल बुद्धल्याण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी बसेको होटलको कोठा खानतलासी गर्ने क्रममा उनको सुटकेशभित्र फल्सबटम बनाई लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारीपक्राउ गरेको हो । मिगुएलउपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Featured