देश

संघीयताका आवश्यकताबारे बुझ्दै प्रदेशका मुख्यमन्त्री

काठमाडौं, माघ १६–सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनका लागि चाहिने संगठनात्मक, संस्थागत र नियामकीय र भौतिक पूर्वाधार आवश्यकताबारे विस्तृत रुपमा जानकारी लिएका छन् । नेपाल सरकारका लागि विश्व बैंक र यूएनडीपीको सहयोगमा हालै जर्जिया स्टेट युनिभर्सिटी र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा (स्टाफ कलेज )ले संयुक्त रूपमा तयार पारेको संघीयताको क्षमता आवश्यकता मूल्यांकन (एफसीएनए)बारे उनीहरूले जानकारी लिएका हुन् ।

अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा संयुक्त रूपमा बिहीबार आयोजित अन्तर्क्िरया कार्यक्रममा मुख्यमन्त्रीहरूले पूर्वाधार निर्माणको आवश्यकता, परियोजनागत राम्रा योजना र कार्यान्वयनमा प्राविधिक सहयोग, प्रान्तीय र स्थानीय तहमा मानव संसाधनको क्षमता निर्माण र प्रान्तीयभित्रको राम्रो समन्वयका विषयमा जिज्ञासा राखेका थिए ।

Featured